सबैभन्दा धेरै विकेट लिन सफल खेलाडीमा परे सन्दीप र करण

0

काठमाण्डाै, अङ्ग्रेजी क्यालेण्डरअनुसार सन् २०१९ बिदा हुने संघा’रमा छ । सन् २०१९ को क्रिकेट क्यालेण्डरमा नेपालका दुई जना खेलाडीले ठूलो उपलब्धि हासि’ल गरेका छन् । एक वर्षको अवधिमा टी-२० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा नेपालका सन्दीप ला’मिछाने र करण केसी शीर्ष तीनभित्र अटेका छन् । फ्रेन्चाइज लिगहरुमा व्यस्त रहने सन्दी’पले यस वर्ष २८ विकेट लिए ।

सन्दीपसँगै करणले पनि २८ विकेट लिएका छन् भने करणभ’न्दा नेदरल्याण्ड्सका ब्रेण्डन ग्लोभर पनि समान २८ विकेटका साथ दोस्रो स्थानमा छन् । ‘क्रिक फोटी” नामक बेव’साइटका अनुसार सन्दीपले २८ विकेट लिँदा १६ इनिङ्समा ५९ ओभर बलिङ गरेका छन् । सन्दीपले १३ दशमलव ७१ को औस’तमा ६ दशमलव ५० को इकोनोमी रेटमा बलिङ गरेका थिए । शीर्ष स्थानमा रहेका सन्दी’पकाे सर्वाधिक सफल बलिङ २० रन खर्चिएर ४ विकेट हो ।

दोस्रो स्थानमा नेदरल्याण्ड्सका ग्लोभरले सन्दी’पभन्दा बढी इनिङ्स बलिङ गरेका छन् । उनले १९ इनिङ्समा ६५ ओभर बलिङ गर्दा ६ दशमलव ८९ को इकोनोमी रेट’मा बलिङ गरेका थिए । उनको सर्वाधिक सफल बलिङ १२ रन खर्चिएर ४ विकेट हो ।

यस्तै तेस्रो स्थानमा नेपालका अलराउण्डर तथा संकट मोचक’को रुपमा स्थापित करण केसी छन् । करणले १९ इनिङ्समा ६५ दशमलव ५ ओभर बलिङ गरेका थिए । ७ दशमलव २३ को इको’नोमी रेटमा बलिङ गरेका करणको सर्वाधिक सफल बलिङ १७ रन खर्चिएर ४ विकेट हो ।

नेपालकै अविनाश बोहोरा १६ विकेटस’हित ३५ औँ स्थानमा छन् । १३ विकेटसहित सोमपाल कामी ५३ औँ स्थानमा छन् । ललित राजबंशी १० विके’टसहित ७१ औँ स्थानमा छन् । ६ विकेट लिएका नेपाली टिमका पूर्व कप्तान पारस खड्का १२५ औं तथा ५ विकेट’सहित सुशन भारी १२६ औं स्थानमा छन् । २–२ विकेट लिएका पवन शर्राफ र वसन्त रेग्मी तालिकाको २१९ औँ र २२० औं स्थानमा छन् । ३१३ जना खेला’डीको सूचीमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी विकेटविहीन भए पनि परेका छन् ।

Leave A Reply

Your email address will not be published.