धनगढी नै पुगेर सञ्चारमन्त्री बाँस्काेटाले चर्चित नेता भीम रावललाई उल्टै यस्ताे भनेपछि..

0

धनगढी, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सुदूप’श्चिमको अस्थायी राजधानी धनगढी पुगेर नेकपाका नेता भिम रावलप्रति कटाक्ष गरेका छन्। छाउपडि प्रथा सुदूपश्चि’मको कलंकको रुपमा रहेको भन्दै उनले चर्चित नेता भएको जिल्ला मानविय सुचांकअनुसार पछा’डी परेकोप्रति आश्चार्यचकित रहेको बताएका हुन्।

सोमबार प्रेस क्लब नेपाल र रेडियो सुदूर सन्देशले धनगढी’मा आयोजना गरेको सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा मिडियाको भूमिका विषयक गोष्ठिमा उनले भने ‘संसारभरी प्रसिद्ध छाउपडी प्रथा सम्वृद्धि’को बाधक हो की हैन ? महिला अधिकारको र मानव अधिकारको कुरा गरीरहँदा प्रदेश’को सबैभन्दा कलंकको रुपमा रहेको कुरा छाउपडी हो। जुन अन्तराष्ट्रिय जगतमा चर्चित छ, त्यसका बारेमा बहस गर्नुपर्छ।’

‘मानविय सुचांकको हिसाबले हेर्नुहुन्छ भने सुदू’रपश्चिमका बाजुरा, बझाङ र अछाम… अछाम जिल्ला। चर्चित नेताहरु भएको जिल्ला मानविय सुंचाकको हि’साबले सबभन्दा पछाडी किन ?’ उनले भने ‘मैले व्यक्तिगत लाल्छना लगाएको हैन, तर मेरो सुझाव छ हामी के गरेर बसे’का छौ र के गर्नुपर्ने हो।’

मन्त्री बाँस्कोटाले सुदूपश्चिमबाट गएका नेताह’रुले अवसर पाएपनि खासै परिवर्तन नभएको बताए। ‘लोकेन्दबहादुर चन्द र शेरबहादुर देउवा पनि त ४/४ पटक प्रधानमन्त्री हुनुभयो, जम्मा ८ पल्ट’ उनले भने ‘झापाबाट अन्ति’ममा भएका हुन्, इतिहास हेर्ने हो भने कांग्रेसबाट विराटनगर र यतैबाट प्रधा’नमन्त्री भएका देखिन्छन नी।’

फरक प्रसंगमा बोल्दै संचारम’न्त्री बाँस्कोटाले अहिलेका मिडियाले गाली गर्न पाउँदा मजा मान्ने गरेको बताएका छन्। ‘सकारात्मक भन्दा नकारात्मक विषय बढि उठाउँछन किन’की बढ्ता आकर्षण के मा हुन्छ ? नकारात्मकमा हुन्छ। तर मैले आलोचना गरेको हैन विषय उठा’उँदा सम्मान गर्छु’ उनले भने। दिनेशखबर

Leave A Reply

Your email address will not be published.