कञ्चनपुरमा डान्सबारमा युवतीसहित भेटिएका भनिएका मेयरबारे पत्याउनै मुस्किल पर्ने खबर बाहिरियाे, यस्ताे रहेछ..

0

कञ्चनपुर, महेन्द्रनगरमा विवा’दित बनेका दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीले आफू डान्स बार नगएको दा’वी गरेका छन्। धामीले आईतबार राती आफू घरमै रहेका बेला महेन्द्रनगरको ब्लू डान्सबारमा साथीहरुमाथि कु’टपिट भएको खबरपछि त्यहाँ पुगेको भएपनि बारमै नगएको दावी गरे।

दिनेश खबरसंग कुरा गर्दै धामीले भने, ‘मेरा दुई तीन जना सा’थीहरु त्यहाँ गएका रहेछन्, म घरमा खाना खाएर सुत्न लागेको थिए, मलाई आफूहरुमाथि कुटपिट भयो भनेर फोन आएपछि घ’रबाट गाडी लगेर गएको हुँ।’ उनले आफू त्यहाँ पुग्दा बार बन्द भईसकेको उल्लेख गर्दै प्रहरीला’ई कुटपिटमा संलग्नलाई कारवाहीको माग गरेको बताए।

आफूले बार सञ्चालकलाई पनि कुट’पिट गर्ने को हो ? भनेर सोधेको तर भित्र प्रवेश नगरेको बताए। तर बारमा युवती लिएर गएको भन्ने आरोप गलत भएको उनी बताउँछन्। प्रहरीका अनुसा’र डान्स बारमा होहल्ला र विवाद गर्ने व्यक्तिको आईतबार नै महाकाली अस्पताल’मा स्वास्थ्य परिक्षण गरिएको थियो तर ती मध्ये केही व्यक्ति फरार छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रह’री नायब उपरिक्षक नरेन्द्र बहादुर चन्दले मेयर धामीको पनि स्वास्थ्य परिक्षणबाट मदिरा सेवन गरेको भेटिएको बताए। मेयर धामी’ले घरबाट गाडी सहित तीन÷चार जना गएको दावी गरेपनि प्रहरीले त्यहाँ कुनै सवा’री साधन नभेटेको जनाएको छ।

तर मेयर सहितका केही व्यक्ति’लाई सम्झाईबुझाई छोडिएको प्रहरीको भनाई छ। विवाद क–कसको बिचमा भएको थियो भन्ने कुरा पनि खुलाईएको छैन्। ब्लू डान्स बारका कर्म’चारी बताउँने गजेन्द्र चन्दले बार बन्द गर्ने क्रममा दुई समूह बिच वादविवाद भएको स्वी’कार गरेका छन्।

उक्त समूहमा मेयर धामी थिए वा थिएन’न् त्यो आफूलाई जानकारी नभएपनि केही व्यक्ति पछि आएको चन्दले दिनेश खबरलाई बताए। यद्यपी त्यहाँ मेयर सा’प भनेर बोलाएको सुनेपनि आफूले नचिनेको उनी बताउँछन्। तर डान्स बारमा युवती पनि थिईन भन्ने आरोप गलत भएको दावी गरिएको छ। याे खबर दिनेशखबरबाट लिईएकाे हाे ।

Leave A Reply

Your email address will not be published.