आज र भाेलि माैसम सफा रहे पनि पर्सिदेखि हिमपात र पानी पर्ने सम्भावना

0

काठमाण्डाै, तराईमा केही दिनदेखि लागिरहेको बाक्लो कुहिरो साेमबार (आज) देखि कम हुने मौसम’विद्ले बताएका छन् । तराईमा अहिले पनि बाक्लो कुहिरो र हुस्सु लागे पनि दिउँसो’देखि बिस्तारै कम हुँदै जाने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

मंगलबार बिहान पनि के’हीबेर हुस्सु लाग्ने सम्भावना भए पनि दिउँसो खुल्ने र बेलुकातिरबाट पश्चिमी वायुको प्रभाव पर्न थाल्ने भएका’ले तराईको मौसम सफा हुँदै जाने उहाँले बताउनुभयो । केही दिनदेखि घाम नलाग्दा तराईको जनजीवन प्र’भावित भएको छ ।

यस्तै काठमाडौसहि’तका ठाउँमा दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मंगलबार बेलुकी’देखि पश्चिमी वायुको प्रभावका कारण देशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र अरु ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौ’समविद् अर्यालले बताउनुभयो ।

पश्चिमी वायुको बढी प्रभाव भने बुधबारदेखि मात्रै पर्ने सम्भा’वना छ । यसैबीच आइतबार १ डिग्री सेल्सियस रहेको काठमाण्डाैकाे तापक्रम साेमबार बिहान १ दशमलव ८ डिग्री सेल्सि’यस मापन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.