नेकपले दियाे प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौँडा कायम गर्न निर्देशन

0

काठमाण्डौ, प्रदेश नम्बर ३ को नाम बाग्मती राख्न नेपाल कम्युनि’ष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश कमिटी र प्रदेश सभा दललाई निर्दे’शन दिने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेश राजधानी भने अहिले रहेकै हेटौँडा कायम गर्न पनि निर्दे’शन दिने निर्णय गरेको हो । प्रदेशको नाम र राजधानीका विषयमा नेकपाकै सांसद’हरु एकमत नहुँदा दुई वर्षदेखि निर्णय हुन सकेको थिएन ।

नेपाल मण्डल, नेवा ताम्सा’लिङ वा बाग्मती के नाम राख्ने भन्नेमै नेकपाका सांसदहरुबीच विवाद थियो । यस्तै राज’धानीका विषयमा पनि उनीहरुभित्र काभ्रे, भक्तपुर, हेटौँडा कहाँ राख्ने भन्नेमा विवाद थियो । प्रदेश सांस’दहरुबीच विवाद हुँदा नामाकरण र राजधानी तोक्न ढिलाइ भएपछि नेकपाको सचिवालय बैठकले प्रदेश सभा दल र प्रदेश कमिटी’लाई आफूले गरेअनुसार निर्णय गर्न निर्देशन दिएको हो ।

प्रदेश नम्बर ३ को प्रदेश सभामा नेकपा’को दुई तिहाइ बहुमत छ । आफ्नै पार्टीको दुई तिहाइको बहुमत रहेकाले नेकपाको सचिवा’लय बैठकले नाम र राजधानी टुङ्गाे लगाउँदै त्यहीअनुसार निर्णय गर्न निर्देशन दिएको हो । नेकपाको सचिवालयले दिएको निर्देशनअनुसार अब प्रदे’श सभाले निर्णय गरेपछि नाम र राजधानीले औपचारिकता पाउने छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरम’णि पौडेलले नाम र राजधानी टुङ्गाे लगाउन प्रदेश सभाबाट कठिन भ’एकाले पार्टीले नै निर्देशन दिनुपर्ने भन्दै अध्यक्षसामु प्रस्ताव राख्नुभएकाे थियाे । मुख्यमन्त्रीकै आग्र’हबमोजिम नेकपाले प्रदेशको नाम र राजधानी टुङ्गाे लगाउँदै त्यसै’अनुसार आफ्ना सांसदलाई अघि बढ्न निर्देशन दिएको हो । सचिवालय बैठकमा सभामुख चयन र राष्ट्रिय सभा चुनावका विष’यमा भने समय अभावका कारण कुनै छलफल हुन नसकेको नेकपाका महास’चिव विष्णु पौडेलले बताउनुभयो ।

यस्तै बैठकमा एमसी’सीका बारेमा छलफल हुने भनिएको भए पनि यो विषयमा पनि छलफल नभएको उहाँले जान’कारी दिनुभयो । एमसीसीको बारेमा पार्टीको स्थायी कमिटी बैठकले यस अघि निर्णय गरे अनु’सार नै सचिवालय बैठकमा पनि निर्णय हुने पौडेल’ले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.