५ दिनका लागि सिरहा नगरपालिकाभित्रका विद्यालय बन्द

0

सिरहा, केही दिनयता अत्यधिक चिसो र शीत’लहरका कारण जनजीवन कष्टकर बनेपछि आइतबारदेखि पाँच दिनका लागि सिरहा नगरपा’लिकाका सबै विद्यालयमा बिदा दिइएको छ ।

नगरपालिकाको शि’क्षा शाखा प्रमुख सुबोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहर’लाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बि’दा दिएको जानकारी दिनुभयो । वर्षे बिदाबाट कटौती हुनेगरी नगरभरिका विद्या’लयमा बिदा दिइएको शिक्षा शाखा प्रमुख ला’माले बताउनुभयो ।

यस्तै अत्य’धिक चिसो बढेपछि स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहले ठाउँठाउँमा सर्वसधारणका लागि आगो ताप्न दाउ’रा बाल्नुका साथै न्यानो लुगा कम्बल, सिरकलगाय’तका सामग्री वितरण गर्दै आएका छन् ।

बाक्लो हुस्सु र शीतलहरका कारण सिरहाको जनजीवन कष्ट’कर बनेको छ भने चिसोेबाट बिरामी भएकाहरुको स्वास्थ्य संस्था’मा चाप बढ्दै गएको छ । अस्पतालमा चाप बढेकाे अस्पतालहरुले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.