भर्खरै धनगढीबाट बाहिरिएकाे एक खबरले सबै आश्चर्यचकित, युवतीहरुलाई लगेर यस्ताे गर्दै गरेकाे पाईएपछि..

0

कैलाली, सत्ती भन्सार नाकामा मानव बेचबिखनका घ’टना बढ्न थालेका छन्। सुदूरपश्चिमको सबैभन्दा बढी मानव तस्क’रीका घ’टना कञ्चनपुरको गड्डाचौकी नाकाबाट हुने गरे पनि पछिल्लो स’मयमा खुला सिमानाका कारण सत्ती भन्सार नाकाबाट हुने गरेको पाइएको छ। गड्डाचौकी नाका’मा कडाइ भएपछि सजिलैसँंग भारत पुग्न कैलालीको पूर्वी नाका मानव तस्क’रले प्रयोग गर्दै आएका हुन्।

भजनी र टीकापुर नगरपालिकासँंग जोडि’एका कालाकुण्डा, मरियाघाट, जसबहादुर घाट, डाक्टर घाट, कौवाखेडा, गुलरिया घा’टलगायत ठाउँबाट सजिलै भारतीय बजार पुग्न सकिन्छ। ती ठाउँमा कुनै समन्वयकारी निकाय पनि छैन। भजनी ५ लाल’भोझीमा पृथ्वीपुर छोटी भन्सार तथा टीकापुर ९ मा सत्ती भन्सार कार्या’लय छन्। ती भन्सार कार्यालयका बीचमा अवैध नाका चोरी पैठा’रीका लागि बढी नै मानिस सक्रिय छन्। विशेषगरी यस समयमा नदीमा पानीको ब’हाव कम हुने भएकाले पनि त’स्करलाई सजिलो हुने गरेको छ।

सत्ती भन्सार कार्यालयबाट मात्रै सा’त वर्षका अवधिमा बेचबिखनमा पर्न लागेका २८१ जनाको उद्धार गरिएको मानव उद्धार’का क्षेत्रमा काम गर्दै आएको साना हात नेपाल क्षेत्रीय संयोजक तुल्सी नेपा’लीले बताइन। उनले बढी कैलालीकै बेचबिखनमा परिरहेका’हरुको उद्धार गरिए पनि पूर्वी नेपाल तथा काभ्रेपाल्चोक, गोरखा, रुपन्देही, झापा, सुर्खेत, बर्दिया, कञ्चनपुरलगायत जिल्ला’बाट पनि भारत तथा तेस्रो मुलुकमा बेचबिखनका लागि लग्दै गरेकाहरुको उद्धार गरिएको जानकारी दिए।

“रोजगारीका ला’गि भन्दै जाने धेरै आउँछन्। सोधखोज गर्दै जाँदा तिनको बयानले ती बेचिन लागेको थाहा पाएपछि तिनको उद्धार गर्छाँैं”, नेपालीले भनिन “उद्धारपछि आश्रय’स्थलमा राख्छौंँ र परिवारलाई खबर गरी परिवारको जिम्मा लगाउने गरेका छौंँ।”

विद्यालय अध्ययन गर्न जाने भन्दै पोशाक झोला’मा राखेर विद्यालयबाटै पनि भारतमा पैसा कमाउन जान लागेका विद्यार्थीलाई समेत उद्धार गरी परिवारको जिम्मा लगाइ’एको छ। नेपालीले मानव त’स्करले बालबालिकालाई नेपालबाट लिएर भारतमा मासु पस’लमा काम लगाउने गरेको उनले बताइन। अगष्टदेखि हालसम्म साना हातले १५ जनाको उ’द्धार गरेको छ। अगष्टमा तीन, सेप्टेम्बरमा पाँच, अक्टोबरमा चार र नोभेम्बरमा तीन जनाको उद्धार गरिएको संयो’जक नेपालीले बताइन।

शहर बजारको रहनस’हनमा बसे पनि रोजगारीको अवसर नभएका कारण राम्रो जागीर लगाइदिने भन्दै मानव त’स्करले भारतका विभिन्न शहरमा लिएर बेच्ने गरेको पाइएको छ त’स्करले युवतीहरुलाई छोटो समयमा राम्रो कमाइ हुने प्रलोभनमा पार्ने गर्छन्। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मनोहरप्रसाद भट्टले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको एक जनालाई मुद्दा समेत चलाइएको जानकारी दिँदै दोषी ठहर भएमा कसैलाई पनि नछाडिने बताए। उनले भारतीय सीमा प्रहरी बल (एसएसबी) सँंग समन्वय हुँदै आएको जानकारी दिँदै कुनै परिचयपत्र नखुलेको कसैलाई पनि भारत प्रवेश गर्न नदिइएको बताए।

बेचबिखनका लागि भारत र तेस्रो मुलुकमा लैजाँदै गरेको अवस्थामा तिनको उद्धार गरिएको हो। सन् २०१२ देखि भन्सारमा काम गर्दै आएको साना हातले टीकापुरमा बेचबिखनमा परेका र उद्धार भएकाहरुका लागि आश्रयस्थलसमेत निर्माण गरेको छ।

बेचबिखनमा पर्न लागेकाहरुको उद्धारपछि प्रहरीको समन्वयमा आश्रयस्थलमा राख्ने र परिवारसँग सम्पर्क गरी जिम्मा लगाउने काम भइरहेको साना हातकी नेपालीले बताइन। विशेष गरी तेस्रो मुलुक जानका लागि समेत भारतको राजधानी दिल्ली पुग्न छोटो दूरी पर्ने भएका कारण मानव त’स्करले कैलालीको पूर्वी खुला नाकाको प्रयोग गर्दै आएको स्थानीयवासी बताउँछन्। -रासस

Leave A Reply

Your email address will not be published.