कैलालीबाट फेरी पत्याउनै मुस्किल पर्ने सत्य खबरले सबै अचम्मित, एक जनाले यस्ताे लाजम’र्दाे हर्क’त गरेकाे पाईएपछि..

0

धनगढी, पौष १२, कैलालीको गौरीगंगा नगरपालिका–५ घर भएका २९ वर्षीय रामबहादुर कलेल वि’रुद्ध कैलाली जिल्ला अदालतमा जेष्ठ २३ गते आत्मह’त्या दु’रुत्साहन सम्बन्धी मु’द्दा दर्ता भयो ।

पछि जाहेरवाला पक्षले नै आवेगमा आएर मु’द्दा दर्ता गरेको भनी बयान दिएपछि उनी अदालतबाट सफाइ पाएर रिहा त भए तर त्यसकै कारण उनले असोज ५ गते तीन बर्सिया छोरीसहित आत्मह’त्या गरे ।

यसरी कानुनमा आत्मह’त्या दुरु’त्साहन सम्बन्धी कसुरको व्यवस्था गरिएपछि कैलालीमा दुःख दिने नियतले झुटा मु’द्दा दर्ता हुने क्रम बढेको छ । मुलुकी अप’राध संहिता २०७४ लागू भएयता वास्तविक पीडितका मु’द्दा कम र अनावश्यक दुख दिने नियतले दर्ता हुने मु’द्दा बढी रहेको जिल्ला अदालत कैलालीका श्रेस्तेदार भुवन गिरीले बताए ।

आत्मह’त्या दुरु’त्साहनको कानुन लागू भए यता कैलाली जिल्ला अदालतमा त्यस सम्बन्धी २० वटा मु’द्दा दर्ता भएका श्रेस्तेदार गिरीले जानकारी दिए । जसमा ६ वटा फैसला भएर १४ वटा फैसला हुन बाँकी रहेको छन् । फैसला भएका सबै मु’द्दामा प्रतिवादीले सफाइ पाएको उनले बताए ।

मुलुकी अ’पराध संहिता लागू भएपछि २०७४ सालमा मु’द्दा दर्ताको चाप कम रहेपनि चालू आर्थिक वर्षको हालसम्म १२ वटा मु’द्दा दर्ता भएका छन् । आत्मह’त्या दु’रुत्साहनले घरेलु हिं’सा वा कसैलाई आत्मह’त्या दुरुत्सा’हन गर्न कम गरे पनि आवेगमा आएर अरूलाई दुःख दिने नियतले अदालतमा झुटा मु’द्दा दर्ता गर्ने बढेको अधिवक्ता वीर बहादुर जेठाराको भनाई छ ।

मुलुकी अपरा’ध संहिता २०७४ को दफा १८४ को २ मा आत्मह’त्या दुरुत्साह’न गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद ह ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । अ’पराध संहिताले तोकेको कसुरमा फैसला भएका ८ वटा मु’द्दामा अहिलेसम्म कैलालीमा एक जना पनि दोषी ठहर भएको अवस्था छैन । सुदूरडेली

Leave A Reply

Your email address will not be published.