पीपीएल उपाधिका लागि विराटनगर र चितवनबीच प्रतिस्पर्धा हुने

0

कास्की, पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि’का लागि आज चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हु्ँदैछ । पोखरा मैदा’नमा बिहान साढे ११ बजे हुने प्रतियोगितामा दुवै टिम पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदा’नमा उत्रनेछन् ।

चितवन अघिल्लाे संस्करणमा पोखरा पल्ट’नसँग पराजित भएपछि उपाधि जित्न असफल भएको थियो भने विराटनगर पहिलो पटक फाइन’लमा प्रवेश गरेको छ । चितवन जारी प्रतियोगितामा अपरा’जित रहँदै सिधै फाइनल प्रवेश गर्दा विराटनगर भने एलिमिनेटर राउण्ड’मा बुटवल ब्लास्टर्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको अघिल्लो दिन पोखरा’मा चितवनका कप्तान पारस खड्का र विराटनगरका कप्तान प्रदीप ऐरीले प्रि म्याच कन्फ्रेन्समा कुरा गर्दै ल’क्ष्य उपाधि जित्ने नै रहेको बताएका छन् । चित’वनका कप्तान पारसले अहिलेसम्म राम्रो प्रदर्शन हुँदै आएको र अब एक पटक च्याम्पियन बनाउन’का लागि शनिबार पनि टिमबाट आफू खेलाडीबाट त्यस्तै प्रदर्श’नको अपेक्षा रहेको बताए ।

सबै खेलमा विजयी भए पनि टिममा केही कमी कम’जोरीहरु रहेको स्वीकार गर्दै कप्तान खड्काले त्यसलाई सुधार गरेर मैदान उत्रने पनि उल्लेख गरे । गत संस्कर’णमा फाइनलमा पराजित भएको प्रसंगमा कुरा गर्दै कप्तान खड्काले एक वर्षमा धेरै कुराहरु भइसकेकाले त्यतातर्फ आ’फूले नसोचेको जवाफ दिए । उनले दुवै टिम उत्कृष्ट भएकाले नै फाइनलमा पुगे’को बताउँदै फाइनल पनि झनै उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।

पहिलो पटक कप्तानी गरेका विरा’टनरका प्रदीप ऐरीले आफू फाइनलका लागि उत्साहित रहेको बताएका छन् । टिमका सबै खे’लाडीले राम्रो खेलिरहेको बताउँदै फाइनलमा गल्तीहरु कमभन्दा कम गर्ने रण’नीतिका साथ मैदान उत्रने पनि बताए ।

Leave A Reply

Your email address will not be published.