दशरथ रङ्गशालामा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ हुने, राष्ट्रपतिकाे उद्घाटन, प्रधानमन्त्रीकाे सम्बाेधन

0

काठमाण्डाै, सरकारले राष्ट्रिय महोत्स’वकै रूपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक सुरुवा’त आजदेखि हुँदैछ । काठमाण्डाैकाे दशरथ रङ्गशालामा भव्य समा’रोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने सरकारको तयारी छ । भ्रमण वर्षको राष्ट्रपति विद्या’देवी भण्डारीले दिउँसो ४ बजे औपचारिक शुभारम्भ गर्नुहुनेछ भने प्रधानमन्त्री केपी शर्मा ओली’ले विशेष सम्बोधन गर्नुहुने छ ।

समारोहमा सांस्कृ’तिक कार्यक्रम पनि हुनेछ । राष्ट्रिय गान सकिएलगत्तै बाजा’सहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्ड’को साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घ-संस्थाले परेड गर्नेछन् ।

आजै भ्रमण वर्षको राष्ट्रिय गी’तसमेत सार्वजनिक गर्ने कार्यक्रम रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्राल’यले जनाएको छ । भ्रमण वर्षको यती मस्कट पनि आजै सार्वजनिक हुनेछ । भ्रमण वर्ष सचिवालयका अनुसार काठमाण्डौमा दशरथ रंगशालासँगै सातै प्रदेशका मुख्य मन्त्रीले आ–आफ्नो प्रदे’शबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन् ।

सरका’रले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्या’उने लक्ष्य लिएको छ । सन् २०१९ मा १२ लाख पर्यटक भित्र्याएको नेपालले सन् २०२० मा २० लाख प’र्यटक भित्र्याउन भने चुनौती देखिएको विश्लेष’कले बताएका छन् ।

यसैबीच नेपाल भ्रम’ण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न देशका विदेशी पाहु’ना काठमाण्डाै आइसकेका छन् । समारोहमा सह’भागी हुन भारत, चीनसहित विभिन्न देशका पर्यटन मन्त्री तथा विशिष्ट पाहुना काठमाण्डाै आइपुगेका हुन् । भ्रमण वर्षको उद्घाटन का’र्यक्रमका लागि दक्षिण एसियाली, मध्य-पूर्वी, युरोपलगायत देशका ३४ वटा सञ्चा’रमाध्यमका प्रतिनिधि नेपाल आइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.