स्वास्थ्यकर्मीले दिए समायोजनकाे माग पूरा नभए आन्दोलनको चेतावनी

0

धनुषा, नेपाल स्वास्थ्यकर्मी सङ्घले स्वास्थ्य क्षेत्रको विनियो’जित रकम स्वास्थ्य सेवामै खर्च गर्नुपर्ने माग गरेका छन् । शुक्रबार नेपाल स्वास्थ्य’कर्मी संघ धनुषाले पत्रकार सम्मेलनकाे आयोजना गरी गएकाे वर्षमा प्रदेश २ सरकारले स्वास्थ्य क्षेत्रको झण्डै ५६ करोड रुपैयाँ भौतिक निर्माण से’वामा खर्च गरेको र त्यसकारण पालिकाहरुमा आवश्यक खोप र औषधि खरिद गर्न र विभिन्न कार्यक्रम सञ्चा’लन गर्न नसकेकाे गुनासो गरे ।

पत्रकार सम्मेलनमा उनीहरुले समायोजन भएका कर्मचारीहरुलाई ऐ’नअनुसार समायोजन गर्नुपर्ने लगायतका विभिन्न १७ बुँदे माग अघि सारेका छन् । उनीहरुले पालिका र विभागले राजनी’तिक आस्थाको आधारमा भइरहेको समायोजन र पदस्थापनसमेत ब’न्द गर्नुपर्ने बताएका छन् ।

संघले विगतमा पाएको त’हमा घटुवा नगरी स्वास्थ्य ऐन र नियामवलीअनुसार समायोजन गर्नुपर्ने, पालिकाहरुले समा’याेजित कर्मचारीहरुलाई मापदण्ड बनाएर पदस्थापन गर्नुपर्ने, समायोजन भएर आएका कर्मचारीहरुलाई कुनै मानसिक तनाव नदिइ पदस्थापना गर्नुपर्ने लगाय’तका माग अघि सारेका हुन् ।

त्यसैगरी स्वीकृत दरबन्दीअनु’सार समायोजन गर्नुपर्ने, त्रुटिपुर्ण समायोजनको संशोधन गरी रमाना पत्र दिनुपर्ने, अस्थायी, ज्यालादारी, करार, बाह्य स्राेतमा कार्यरत कर्म’चारीहरुको समाजिक सुरक्षा कोषको रकम राज्यले व्यवस्था गर्नुपर्ने, २०५७ सालअघि नियुक्त भएका प्राविधिकहरुलाई अदालतको फैस’लाअनुसार ग्रेड दिनुपर्ने र जोखिम भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग उनीहरुकाे छ ।

पत्रकार सम्मेलनमा उपस्थित संघका केन्द्रीय अध्यक्ष रामजी घिमि’रेले सरकारले समायोजन गरेका कर्मचारीहरुलाई पालिकाहरुले हाजिर हुन नदिने र राजनीतिक आस्थाका आधारमा समायोजन गर्नुपर्ने प्रवृति बन्द नगरिए आन्दोलनमा उत्रने चेता’वनी दिनुभयाे ।

उहाँले भन्नुभयाे, ‘पहि’लो चरणमा हामी विभिन्न सरोकारवाला निकायसम्म समन्वय गर्ने, त्यसपछि स्वास्थ्य क्षेत्रमा असर नपर्ने’गरी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नेछु । यति गर्दा पनि सरकारले हाम्रो मागप्र’ति कुनै चासो नदिए काम बन्द गरेर खुलारुपमै आन्दो’लनमा जानेछाैँ ।’

Leave A Reply

Your email address will not be published.