अलअहलिया एक्सचेञ्जबाट यूएईबाट रेमिट्यान्स पठाउँदा १० वटा कार र १ किलो सुन जित्ने अवसर

0

यूएई, यूएईको अलअहलिया एक्सचेञ्जले यो वर्ष पनि यूएई’बाट पैसा पठाउँदा १ किलो सुन र १० वटा कार जित्ने योजना ल्याएको छ । वैधानिक माध्यममार्फत रेमिट्यान्स पठा’उनको लागि प्रोत्साहन गर्नको लागि उपहार योजना ल्याउने गरेको एक्सचेञ्ज’का जनरल म्यानेजर कमल सुब्बाले उज्यालोलाई बताउनुभयो ।

डिसेम्बर १५ तारिख आइतबारदे’खि फेब्रुअरी १२ तारिखसम्म अहलिया एक्स्चेञ्जका शाखाबाट पैसा पठाउने’मध्येबाट गोलाप्रथा गरी विजेता छनाैट गरिने एक्सचेञ्जले जनाएको छ । योजना’को पहिलो ३ वटा कारका लागि आबुधाबीको इलेक्ट्रा शाखामा फ्रेबुअरी १३ तारिखका दिन गोलाप्रथा गरिनेछ ।

यस्तै थप ३ वटा कार सारजाहको अलस’ज्जा इण्डस्ट्रियल क्षेत्रमा रहेको शाखामा फ्रेबुअरी १६ मा सार्वजनिक गरिने र मेघा प्राइज अन्तर्गत १ किलो सुन र ४ वटा कारको विजेता घो’षणा दुबईको अलकुज शाखामा आउँदो फ्रेबुअरी १७ (फागुन १२) तारिखमा सार्वजनिक गरिने एक्सचेन्जका नेपाल सेक्टर प्रमुख बेनीमाधव ढका’लले जानकारी दिनुभयो ।

अघिल्ला वर्षहरुमा पनि यस्तै योजनाबाट धेरै नेपा’लीले कार तथा एक किलो सुन पाएका थिए । सन् २०१८ को यस्तै योजनामा इ’लामका नरेन्द्र मगरले १ किलो सुन जित्नुभएको थियो । यूएईमा जितेको सुन यूएईमै बिक्री गरी पाएको झण्डै ४४ लाख पैसा लिएर मगर नेपाल फ’र्किनुभएको छ । त्यस्तै, एक्सचेञ्जले सन् २०१८ मै चलाएको विन्टर योजना अन्तर्गत स्याङ्जा दरौं सि’रुबारीका छविलाल दर्जीले कार पाउनु भएको थियो भने गएको वर्षको योजनामा काठमाण्डौका नविन पाण्डे’ले कार उपहार पाउनुभएको थियो ।

यो एक्चेञ्जमार्फत पैसा पठा’उँदा सन् २०१३ मा दैलेखका रामबहादुर कटुवालले १ लाख दिर्हाम अर्थात झण्डै ३१ लाख नेपाली रुपैयाँ उप’हार पाउनु भएको थियो । पैसाको दर पनि अन्य एक्सचेञ्जको तुल’नामा केही बढी दिने र सेवा शुल्क सस्तो हुने भएकाले धेरैजसो नेपाली श्रमिकका लागि अहलि’या एक्सचेञ्ज लोकप्रिय बनेको छ।

Leave A Reply

Your email address will not be published.